प्रथम एमेच्युअर फुटसल प्रतियोगिताको उपाधि स्टार कफीलाई
पाेखरा | असार ३१, २०८०
पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफीले जितेको छ ।
पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती सम्पन्न फाइनल खेलमा बाइलेज एफसी लेकसाइडलाई २–१ गोलअन्तरले हराउँदै स्टार कफिले उपाधि चुम्दै नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता बाइलेजले २५ हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
बाइलेज एफसीका नकुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । स्टार कफिका शन्दिप तामाङले सर्वाधिक गोलगर्दै उच्च गोलकर्ताको ट्रफि हात पारे । उनले कुल ८ गोल गरे । सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित भए । उत्कृष्ट सबैले ट्रफि हात पारे । ३६ टिमको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टिम घोषित भयो । प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

